मन्त्रिपरिषद्को निर्णय : वैकुण्ठ अर्याल बने मुख्यसचिव, वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

काठमाडौँ । सरकारले डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको ठाउँमा अर्याललाई ल्याउने निर्णय गरेको हो ।

उनी शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका थिए । असोजमा अवकाश हुने मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो ।

यस्तै वर्तमान मुख्यसचिव वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको छ । उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *