सुनुवाइ समितिमा कार्की : इच्छाविपरीत सर्वोच्चको न्यायाधीश बनेँ, ६० प्रतिशत न्यायिक विचलन रोक्न सफल भएँ

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । भोलिका लागि अर्को सुनुवाइ तय गर्दै आजको सुनुवाइ सकिएको हो ।

कार्कीलाई भोलि पनि सुनुवाइका बोलाइएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा भएको सुनुवाइमा कार्कीले गोला प्रणालीबाट न्याय निरूपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको उल्लेख बताएका थिए । गोला प्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको उनको दाबी छ ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्दा गोला प्रथा लागु भएपछि न्याय निरूपणमा सहज भएको छ । आजको सुनुवाइका क्रममा उनले आफू इच्छाविपरीत सर्वोच्चको न्यायाधीश नियुक्त भएको बताए । समिति बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले बिचौलिया पहिचान गरी सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने जिकिर गरेका हुन् ।

उनीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरीसहितका विषयमा भोलिको सुनुवाइमा सवाल जवाफ हुनेछ । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायममुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *