फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
२०८० जेठ ३१ गते

bfª, #! h]7M
cu'jf sof{stf{ e]nfdf k|d bfxfn
k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú a'waf/ g]skf -dfcf]jfbL s]G_ n] bfªdf cfof]hgf u/]sf] cu'jf sof{stf{ e]nfnfO{ ;Daf]wg ug'{x'Fb{} . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन् ।
‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’, प्रधानमन्त्री दाहालले भने ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो । त्यसका लागि उक्त एकता गरिएको थियो ।’
समाजवादी संयुक्त मोर्चाको वैचारिक दस्ताबेजलाई अन्तिम रूप दिइएको जानकारी दिँदै उनले केही दिनमा मोर्चाको घोषणा हुने बताए । ‘हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन’ अध्यक्ष दाहालले भने ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्ताबेज टुङ्ग्याएका छौँ ।’
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र जनता समाजवादी पार्टीलाई मिलाएर समाजवादी मोर्चा बनाइने उनको भनाइ छ । ‘केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधर छन्, उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ । त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ’ उनले भने ।
जनताको ठूलो हिस्सालाई सङ्गठित गरेर मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिने जनाउँदै उनले वामपन्थी र कम्युनिष्टबीच एकताको अभियान सञ्चालन गरिने बताए । ‘फेरि नेकपा बनाउने कोसिस भइरहेको छ । यसभित्र ठूलो अर्थ छ । जनताको ठूलो हिस्सालाई सङ्गठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन’ प्रधानमन्त्री दाहालले भने ‘यसलाई सबैले गम्भीररूपमा सोच्न जरुरी छ । देशका सच्चा वामपन्थी र कम्युनिस्टबीच एकताका लागि व्यापक बहस चलाउँछौँ ।’
नेपालमा परिवर्तनका लागि जनताले गरेको क्रान्ति नितान्त मौलिक खालको रहेको उल्लेख गर्दै उनले आफ्नै अनुभवमा क्रान्ति सम्पन्न भएको बताए । ‘हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्यौँ । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ’ प्रधानमन्त्रीले दाहालले भने ।
विश्व कम्युनिस्ट आन्दोलनका नेता लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गरेको स्मरण गर्दै उनले नेपालमा लेलिनले भनेको जस्तो नभई मौलिक ढङ्गको क्रान्ति भएको बताए । ‘किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो’ उनले भने ।
वि.सं २०७८ पुसमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनको दस्ताबेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको बताए ।
मुलुकमा सुशासन कायम गर्न, विकास निर्माण गर्न तथा जनआकाङ्क्षा पूरा गर्न सरकार दृढताका साथ लागेको जनाउँदै प्रधानमन्त्री दाहालले भ्रष्टाचार विरोधी अभियानमा कसैसँग सम्झौता नगरिने विश्वास दिलाए ।
‘भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनः निर्माण गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ’ उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले अब भ्रष्टाचारसम्बन्धी प्रकरणको फाइल खोल्दै जाने बताए ।
कार्यक्रममा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताए । सुशासन प्रवर्धन, सेवा प्रवाहमा सरकार दृढताका साथ लागिपरेको उनको भनाइ थियो ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








