आफ्नै स्टाटसमा दीपकको कमेन्ट- असत्य कुरा गरेर भिडको तालीको क्षणिक आनन्द लिनुछैन

काठमाडौँ । अहिले ‘ग्रेटर नेपाल’को चर्चा बढेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भएको हो ।

अधिकांश मानिसहरूले आफ्नो सामाजिक सञ्जालमा ग्रेटर नेपालको नक्साले रंगाएको देख्न सकिन्छ । यही विषयमा सामाजिक सञ्जालमार्फत ब्याङ्ग्य गर्न माहिर कलाकार दीपकराज गिरी पनि बोले । उनले बालेनलाई संकेत गर्दै भुईँको टिप्न खोज्नुभन्दा भएकोलाई जोगाउन आग्रह गरे । तर त्यो स्टाटसका समर्थन भन्दा आलोचना धेरै आए ।

र उनी आफ्नै स्टाटसमा कमेन्ट गर्न बाध्य भएका छन् । कलाकार गिरीले असत्य कुरा गरेर भिडको तालीको क्षणिक आनन्द लिने बानी नभएको बताएका छन् ।

‘मेरा विचारमा सहमत हुने र फरक विचार राख्नु हुने सबैलाई हार्दिक धन्यवाद ! असत्य कुरा गरेर भिडले ताली बजाउँछ भनेर क्षणिक आनन्द लिने बानी छैन मेरो ! वैचारिक बहस गर्ने आँट र हिम्मतसहितको विचार हो यो । भारतले सार्वजनिक गरेको गलत नक्साको विरोध गरौँ, आफूले पनि त्यस्तै गलत काम नगरौँ । तपाइहरूको दिन शुभ रहोस् !,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =