प्युठान दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीको समवेदना
२०८० जेठ २९ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युुठानमा आज दिउँसो भएको कार दुर्घटना प्रति दुख व्यक्त गरेका छन्।
उनले सोमबार साँझ मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।
‘प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ। उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, सामाजिक सञ्जालमा उल्लेख छ।
स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा सोमबार प्युठानमा गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएको छ।
२०८० जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








