भ्रष्टाचारमा विशेष अदालतले सजाय नतोक्दै चुडामणी शर्माको सर्वोच्चमा निवेदन

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका निलम्बित सहसचिव चुडामणि शर्मा त्यसविरुद्ध अपिल गर्न सर्वोच्च पुगेका छन् । उनले आफूलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगेका हुन्।

उनलाई दोषि ठहर गरे पनि विशेषले उनलाई कति सजाय हुने भन्ने निर्धारण गरिसकेको छैन। सजाय निर्धारण नहुँदै न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्याएको दाबी गर्दै सर्वोच्च पुगेका हुन्।

शर्माको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको र दर्ता हुने वा नहुने भन्ने निर्णय गरिसकेको छैन।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले जेठ १८ गते कर फर्छयौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्माले ६ अर्ब १५ करोड भ्रष्टाचार गरेको ठहर गरेको थियो। अब कति सजाय र जरिवाना हुने भन्ने निर्धारण गर्न असार ५ गते तोकिएको छ।

सजाय निर्धारण नभएकाले यो मुद्दाको फैसलाको पूर्णपाठसमेत तयार भएको छैन ।

त्यसअघि नै सर्वोच्च पुगेका शर्मा आफूविरुद्धको मुद्दाको फेरि सुरुदेखि सुनुवाइ गर्न माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =