सत्तारुढ दलका शीर्ष नेताकाे क्षेत्रमा मात्रै पुग्ने गरी बजेट आयो : गोकर्ण विष्ट
२०८० जेठ २६ गते

फाइल तस्बिर
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन् ।
सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी समेत गरे । उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए ।
सचिव विष्टले भने ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे । नुवाकोटमा बजेट बढ्यो रे । क्रमागत आयोजनाहरू काटिन्छन् । तर आज केही पहुँचका आधारमा योजनाहरू, बजेटहरू केन्द्रित भएको छ । आज विधि र न्याय स्थापित भएन । एउटा भनाई छ–लथालिङ्ग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला । आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ । आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रूप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो । आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक सङ्कटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिँदैन । र, एउटा भनाई छ–जुनकिरीको पिँधले स्वार्थ उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन ।’
सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए ।
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








