उपलब्धिजनक सम्झौता नहुने भएरै भारत भ्रमण गइनँ : सुदन किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् ।

मंगलबार काठमाडौँमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए । उनले ओखलढुंथगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए ।

उनी भन्छन्, ‘हेलिकप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो की ठुला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्न भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ? ठुलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *