ज्ञानबहादुर र रामहरिको प्रश्न: बजेट निर्माणमा अनाधिकृत रामकृष्णलाई कसरी सहभागी गरियो?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पनि बजेट निर्माणमा अनाधिकृत व्यक्ति रामकृष्ण श्रेष्ठलाई कसरी सहभागी गरियो भन्ने प्रश्न गरे । उनले विद्युतीय गाडीमा लगाइने करको सम्बन्धमा सूचना चुहाइएको भन्दै यसको सम्बन्धमा पनि अर्थमन्त्रीबाट जवाफको माग गरे ।

उनले भने, ‘जेठ १४ गते राती आर्थिक विधेयक फाइनल गर्ने क्रममा भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको भन्ने छ, वास्तविक कुरो के हो ? अर्थमन्त्रीले रोष्टमबाट जवाफ चाहिन्छ । इलेक्ट्रिकल भेकल्सलाई भन्सार दर बढाएको यस्तो अति संवेदनशील बजेट अगाडी चुहाएर, व्यवसायीहरूलाई लाभ पु¥याएर, बजेट भाषणको मुखमा ११ सयभन्दा बढी ४ पांग्रे विद्युतीय सवारी गाडी अस्वाभाविक रूपमा नेपाल भित्राएका छन् भन्ने कुरा छ, त्यसबाट सरकारले ९० करोड राजश्व गुमाएको भन्ने छ जवाफ चाहिन्छ । पूर्वनासु श्रेष्ठले कसरी प्रवेश पाए ? यसको जवाफ चाहिन्छ । कसको स्वार्थका लागि कसको प्रतिनिधि बनाएर कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउन अति गोप्य कक्षमा लगिएको हो राप्रपालाई स्पष्ट जवाफ चाहिन्छ ।’

त्यस्तै, सत्तारुढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई कसले किन नियुक्त गरिएको हो र नियुक्ति निरन्तरता किन दिइएको हो भनेर प्रश्न गरे ।

उनले भने, ‘एक जना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्ति गरेको देखिन्छ । त्यति बेला अर्थमन्त्री को थिए ? सचिव को थिए ? दुई वर्ष अघि रिटायर्ड भएका कर्मचारीलाई त्यहाँ नियुक्ति गर्नुपर्ने जरुरी के प¥यो ? कसले नियुक्ति ग¥यो र निरन्तरता दिनुपर्ने कार्य के हो जवाफ चाहियो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *