अब गाडी चढ्दा र गन्तव्यमा पुगेपछि ‘जहाजकोजस्तै’ सन्देशमूलक अडिओ, पालना गर्नुपर्नेछ यी १६ नियम

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनका लागि नयाँ नियम ल्याएको छ । विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरू ल्याएको हो ।

विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका,२०६० मा संशोधन गरी थप गरिएको विषय अन्तर्गत दुई वटा बुँदाहरू रहेको छ । सरकारले ल्याएको नियम पालना भएमा अब मध्यम तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनले यात्राको सुरु र अन्तिम विन्दुमा पुगेपछि एक सन्देश मूलक अडिओ प्रसारण गर्नुपर्ने भएको छ ।

मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देश मूलक अडिओको नमूना-

यात्रु महानुभावहरूमा नमस्कार, गाडी नं…… को चालक …. तथा सहचालक….. बाट स्वागत गर्न चाहन्छौँ। जथाभाबी गाडीमा तथा गाडीको झ्यालबाट बाहिर फोहर नफाली दिनुहोला। गाडीमा रहेको डस्टबिनमा फोहोर हालिदिनुहोला। गाडीभित्र धूम्रमान पूर्ण रूपले निषेध गरिएको जानकारी गराउँदछौ। यात्राको क्रममा साधारण चोटपटक लागेमा प्राथमिक उपचारको लागि हामीलाई सम्पर्क गर्नुहोला। महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूको लागि आरक्षित सिटमा नबसिदिनुहोला। गाडी पूर्ण रूपमा नरोकिएसम्म नओर्लिदिनुहोला। आफ्नो सर-सामानको राम्ररी ख्याल राख्नुहोला। सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद।

यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ,  स्वास्थ्य मापदण्डको पालना र चालक सहचालकको बोली व्यवहारबारे नयाँ नियमहरू बनाएको छ । सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सार्वजनिक सवारीको सिट खोल, भुईँ, सिसा, पर्दा, सिलिङ अनिवार्य रूपमा सफा राख्नुपर्ने नियम पनि ल्याइएको छ । सार्वजनिक सवारी साधनभित्र धूम्रपान पूर्णरुपमा निषेध गर्नुपर्नेछ । सार्वजनिक सवारी साधनमा ध्वनि प्रदूषण हुनेगरी ठूलो आवाजमा संगीत बजाउन पाइनेछैन । यसैगरी, सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रवर्द्धनात्मक सूचना टाँस्नुपर्ने छ ।

लामो तथा मध्यम दुरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्नेछ । सवारी चालक तथा सहचालकहरूको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने छ । चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने छ । मध्यम तथा लामो दुरीमा चलने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा अनुसूची २२ मा उल्लेख भएअनुसार सूचना प्रसारण गर्नुपर्ने छ ।

पूरा हेर्नुहोस् :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *