यौन दुर्व्यवहारका अभियुक्त मदन राई ४ लाख धरौटीमा रिहा

२०८० जेठ २२ गते

यौन दुर्व्यवहारको अभियोग लागेका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत खोटाङले थुनछेक बहसपछि सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश सुवासबाबु पुरीको इजलासमा सोमबार राईको बयानपछि थुनछेक बहस भएको थियो।
राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको माग गर्दै अदालतमा अभियोग दर्ता भएको थियो।
यौन दुव्र्यवहारको आरोपमा राई वैशाख २९ गते दिक्तेलबाट पक्राउ परेका थिए।
राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।

२०८० जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित