जन्मदिनमा बिरुवा रोपौँ, देश हराभरा बनाऔँ : वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताएका छन् । सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरुरी रहेको उल्लेख गरे । सबै नेपाली नागीरकहरुले फोहोर गर्दिन भन्ने प्रण गर्न आवश्यक रहेको बताए । उनले अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको निर्मूल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए । हरेक नेपालीहरूले आफ्नो जन्मदिनमा एक बिरूवा रोप्दै जाने हो भने देश हराभरा हुने उनको भनाई छ ।

उनले भने, ‘वातावरणलाई मैत्रीपूर्ण बनाउने हो भने, अरू देशबाट नभई, अरूको भाषण नसुनी आफूबाटै सुरु गरी नेपाली सबै जनताले प्रण गर्ने हो भने, फोहोर गर्दैनौँ, गर्न दिँदैनौँ, प्लाष्टिकको प्रयोग गर्दैनौँ भन्ने प्रण गरेको खण्डमा यसलाई हामी कम गर्नसक्छौँ । अहिले विश्वको चुनौती भनेकै जलवायु परिवर्तन बनेको छ । हामीबाट नै यसमा सुरु गरौँ । हामीले आफ्नो जन्मदिनमा एउटा मात्रै बिरुवा रोप्ने हो भने देश हरियाली नै हरियालीले भरिन्छ । हामी ठूला भाषण गर्छौं तर यहाँबाट निस्किनेबित्तिकै चिल्लो गाडी चढ्छौँ, प्लास्टिक बाहिर फाल्छौँ । पृथ्वीलाई बचाउ, आफैँबाट सुरुवात गरौँ ।’

प्लास्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको मन्त्री महतोको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *