मकै गोड्दै गरेकी किशोरीलाई सिकारीको गोली लाग्यो, गम्भीर बनेकी उनको उपचारका क्रममा मृत्यु

मान्म । कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।

यही जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो र उपचारकै क्रममा २१ गते उनको मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आइतबारै पोस्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । सहकारी कक्षा-१० मा पढ्थिन् । घटना के, कसरी भयो भन्ने बारेमा बुझ्न प्रहरीले अनुसन्धान गरिरहेको कालिकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए । रासस

प्रतिक्रिया

One thought on “मकै गोड्दै गरेकी किशोरीलाई सिकारीको गोली लाग्यो, गम्भीर बनेकी उनको उपचारका क्रममा मृत्यु

  1. टाउकोमा होइन पेटमा हो गोलि लागेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *