सबै नेपालीलाई विदेश पठाउने नीति : इराकसहित थप ७१ देशमा श्रम स्वीकृति दिने तयारी

काठमाडौँ । सरकारले सबै नेपालीलाई रोजगारी गर्ने विदेश पठाउने नीति अघि बढाएको छ । यसका लागि थप ७१ देशमा एकै पटक श्रम स्वीकृति खोल्ने तयारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ । आइतबार सिंहदरबार स्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम मन्त्री शरतसिंह भण्डारीले नेपालसँग दौत्य सम्बन्ध भएका थप ७१ देशमा श्रम स्वीकृति खोल्ने तयारी भएको बताए । ती देशमा श्रम स्वीकृति खुला भने नेपालीलाई विश्वका विश्वका १७९ देशमा श्रम बेच्न पठाउन पाइने सरकारको अपेक्षा छ । हाल १११ देशमा नेपालीलाई श्रम बिक्रीका लागि स्वीकृति दिने गरिएको छ ।

सरकारले नेपाल द्वन्द्व वा गृहयुद्धका कारण प्रतिबन्धनमा रहेका इराक, अफगानिस्तान, लिबियालगायत देशमा पनि नेपाली पठाउन श्रम स्वीकृति खुला गर्ने गरी तयारी अघि बढाएको उनले बताएका छन् ।

इराकमा अहिले विगतको जस्तो द्वन्द्वपूर्ण अवस्था नरहेको भन्दै त्यहाँ नेपालीलाई श्रम बेच्न पठाउन सकिने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

‘मन्टेनेग्रोबाट समेत नेपाली श्रमिकको माग भएको छ, किन बन्द गरिरहने ?’ सचिव अर्यालले भने,‘ हिजोको जस्तो अवस्था आज इराकमा छैन, इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् र त्यहाँबाट श्रमिकको माग छ, आजको इराकको अवस्था मूल्यांकन गर्नुपर्यो ।’

सरकारले देशमा रोजगारी सिर्जना गर्ने र विदेश पलायन रोक्नेतर्फ भन्दा नेपाली युवालाई विदेश पठाउने कार्यमै ज्यादा जोड दिँदै आएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *