नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो– कांग्रेस

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक संङ्कट टारेको बताएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताएका छन् ।

कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गरेको पनि दाबी गरेको छ ।

संसदले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको नागरिकता विधेयक संविधानको धारा ११३ को उपाधारा (४) बमोजिम प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई तत्कालिन राष्ट्रपतिले बेवास्ता गरेर अलपत्र छाडेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

‘तत्कालीन राष्ट्रपतिले अलपत्रमा पारेको विधेयकलाई सोही धारा बमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसदको सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा समेत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *