“इन्धन जोगाऔँ, पृथ्वी बचाउँ” भन्ने नाराका साथ सांग्रिला डेभलमेन्टकाे साइकल र्‍याली सम्पन्न (तस्बिरहरु)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले शनिबार साइकल र्‍यालीको आयोजना गरेको छ ।

बैकले “इन्धन जोगाऔँ, पृथ्वी बचाउँ” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍याली आयोजना गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले साइकल र्‍यालीमा सहभागीहरूलाई वातावरण संरक्षणमा सर्वसाधारणको दायित्व विषयमा मन्तव्य राखेपछि उक्त र्‍यालीको सुरुवात भएको थियो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणबाट सुरु भई गैरीधारा, नारायण चौर, नागपोखरी, नारायणहिटी, दरबार मार्ग, भद्रकाली मन्दिर, शहिद गेट, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबार मार्ग, कृष्ण पाउरोटी, सिटि सेन्टर, ज्ञानेश्वर, जर्मन ऐम्बेसी, सानो गौचरण पुगेर करिब १० कि. मिको दुरीको यात्रा सम्पन्न भएको थियो । उक्त साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी, प्रायोजक एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक गरी करिव ४०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

यस साइकल यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवर्द्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पु¥याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरण लाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ “Save Fuel Save Earth” भन्ने नाराका साथ अघि बढेको र यस्ता किसिमका कार्यक्रमहरूलाई बैंकले निरन्तरता दिँदै जाने समेत बताएको छ ।

सो र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरूलाई टिसर्ट र चिनो स्वरूप एक एक वटा बिरुवा प्रदान गरिएको थियो ।

साथै, साइकल र्‍यालीमा सहभागी राधा कृष्ण श्रेष्ठलाई लक्की ड्रबाट उपहार स्वरूप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

“इन्धन जोगाऔँ ,पृथ्वी बचाउौं” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा आयोजना गरिएको यस साइकल र्‍यालीमा सम्पूर्ण व्यक्तित्वहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *