जंगली च्याउ खाँदा आमा-छोराको ज्यान गयो

धनकुटा । जंगली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । ​जंगली च्याउ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जंगली च्याउ खाएर मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–३ घर भइ हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राईको र उनका ७ वर्षका छोरा सचिन रहेका छन ।

गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याईएको थियो ।

तर, त्यहाँ पनि उपचार सम्भव नभए पछि दुवैजनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याईएको थियाे । तर, उपचारकाे क्रममा शुक्रबार आमाको निधन भएको हो भने ७ वर्षीया छोरा सचिनको आज निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =