जेठ २० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ २१, २०८० । ई.सं. ०३ जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । शनिवार ज्येष्ठ शुक्लपक्ष । तिथि चतुर्दशी १०:२७ बजेसम्म, त्यसपछी पूर्णिमा । नक्षत्र विशाखा ०५:४५ बजेसम्म, त्यसपछी अनुराधा । योग शिव १४:५९ बजेसम्म, त्यसपछी सिद्ध । करण वणिज १०:२७ बजेसम्म, त्यसपछी भद्रा २१:५५ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि वृश्चिक । आनन्दादि योग शुभ । दिनमान १३:४४ । सूर्योदय ५:१० । सूर्यास्त १८:५४ । पूर्णिमा व्रत । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|१७|४५|३३ । चन्द्र ७|३|०|३२ । मंगल ३|१२|२३|३० । बुध ०|२७|२४|५ । बृहस्पति ०|१०|३१|४२ । शुक्र ३|३|१९|९ । शनि १०|१०|१२|२० । राहु ०|७|१२|४३ । क्रान्ति उ २२|१६ । वेलान्तर (-)१:२५ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्ममा रुचि बढ्ने छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरूलाई प्रभावित पारेर काम बन्नेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको योग बनेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सेवा गर्ने अवसर मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेममा सफलता मिल्ला । कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सौन्दर्यतामा धन खर्च हुनेछ । पैतृक सम्पत्तिमा विवाद बढ्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट








