सर्पकाण्डमा एक पैसा मात्र हिनामिना गरेको भए जेल जान तयार छु : झालनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झालनाथ खनालले आफूमाथि सर्प  आरोप लगाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित भ्रष्टाचार विरोधी अभियानमा ऐक्यबद्धता सुरुवात आफैँबाट नामक पत्रकार सम्मेलनमा उनेले देशको सङ्कट व्यवस्थापन गर्ने युवाले सोच्नुपर्ने अबस्था रहेको बताउँदै सर्पकाण्डको बारेमा पनि प्रष्ट पारे ।

उनले भने, ‘के हो सर्प काण्ड आज म भन्छु । २०७० सालको संविधानसभाको दोस्रो चुनावमा म एमालेको अध्यक्ष थिएँ । सर्लाहीमा सर्पदंशले रुवाबासी भएको देखेँ । त्यसपछि त्यसको उपचार गर्न सर्लाहीका साथीहरूले झालनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रस्ताव राख्नुभयो । मेरो नाम राख्ने अनुमति दिएको हो । त्यति हो । मेरो संलग्नता छैन । प्रदेशले १२/१५ करोड कति दिएछ । तर, झलनाथ खनालले ७२ करोड क्वाप खायो भन्ने हल्ला छ । यो साइबर स्यालले चलाएको झुटो हल्ला हो ।’

उनले थपे, ‘यदि मैले सर्पकाण्डको मामिलामा एक पैसा मात्र हिनामिना गरेको भए म जेल जान तयार छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई भन्न चाहन्छु कमिटी बनाएर मेरो छानबिन गर्नुहोस् ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =