प्रधानमन्त्री प्रचण्डले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
२०८० जेठ १८ गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएका छन् ।
प्रधानमन्त्री माेदीकाे निमन्त्रणामा ४ दिने भारत भ्रमणका दाैरान दिल्लीमा माेदी नेतृत्वकाे भारतीय टाेलीसँग वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलनका क्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले माेदीलाई निमन्त्रणा दिएका हुन् ।
दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको भन्दै प्रचण्डले मोदीलाई नेपाल भ्रमणमा आउने आग्रह गरे ।
२०८० जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








