भारतीय संसदमा राखिएको नक्साको विरोधमा बागमती प्रदेश सभा स्थगित

काठमाडौँ । भारतको संसद भवनमा कुँदेर राखिएको भारतीय नक्सामा नेपालका भूभागसमेत उल्लेख समेटिएको भन्दै त्यसको विरोधमा बागमती प्रदेश सभा बैठक स्थगित भएको छ ।

उक्त नक्सामा भारले नेपालको कपिलवस्तु र लुम्बिनीको नाम नै उल्लेख गरेर राखेको छ । यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राखेको संकल्प प्रस्ताव बहुमतले पारित गरेर बैठक स्थगित गरिएको हो ।

बैठकका एमाले सांसद मधुसुदन पौडेलले नेपालको कुनै पनि भूभाग कसैको अधिनमा नरहेको भन्दै भारतलाई उक्त नक्सा सच्च्याउन सरकारले कुतनीतिक पहल गरोस् भन्दै राखेको संकल्प प्रस्तावमाथि बैठकले सर्वसम्मत पारित गरेको हो ।

उक्त प्रस्ताव पारित भएसँग बैठक स्थिगित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *