पुँजीगत खर्च नहुने समस्या अन्त्य गर्ने गरी बजेट बनाइएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यन्वयनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अर्थमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएा हुन् । बजेट प्रणालीमा सुधार गर्ने गरी बजेट ल्याइएको उनले बताए ।

पूँजीगत (विकास) बजेट खर्च नहुने समस्या समाधान हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका छन् ।

‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ मन्त्री महतले भने,‘ त्यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’

ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको मन्त्री महतले जानकारी गराए ।

‘चालु आर्थिक वर्षमा विकास बजेट ४ खर्ब ७१ अर्ब विनियोजन गरिएको छ,’ महतले भने, ‘हामीले पुँजीगत खर्चलाई मात्रै विकास बजेट भन्नु हुँदैन ।’

बिक्रेताले विद्युतीय गाडीमा ठूलो मार्जिन लिएकाले गाडीको उपभोक्ता मूल्य बढी भएको उनको भनाइ थियो । सरकारले आगामी दिनमा इभीलाई प्रवर्द्धन गर्ने योजना बनाएको मन्त्री महतले बताए ।

त्यस्तै, उनले चालू वर्षमा संकलन भएको राजस्वलाई हेरेर आगामी आर्थिक वर्षमा लिइएको राजस्व संकलनको लक्ष्य पूरा नहुने भनेर आकलन गर्न नहुने उनले बताए । राजस्व संकलन हुन नसक्नुका कारणहरुलाई अध्ययन गरेर राजस्व संकलन हुने गरी नै लक्ष्य निर्धारण गरिएको उनले बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *