विदेशमा १ वर्ष बसेकाले जुनसुकै आकारको टेलिभिजन ल्याउँदा कर तिर्नु नपर्ने

सरकारले १ वर्ष विदेश बसेका नेपालीले जुनसुकै आकारको टेलिभिजन निशुल्क ल्याउन पाउने भएका छन्। हाल ३२ इन्च सम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्था रहेको छ।

त्यसको लागि सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु पर्ने शर्त राखेको छ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्ष देखि सामाजिक सुरक्षा कोषमा आवद्ध भई वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको एउटा जुनसुकै आकारको टेलिभिजनमा भन्सार महसुल छुट दिएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्किएका नेपाली नागरिकले २०८० जेठ १ गते देखि आफूले प्रयोग गरेको मोबाइल फोन सेट थान एकको अतिरिक्त थप एक थान मोबाइल फोन सेट महसुल सुविधामा ल्याउन पाउने व्यवस्था गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *