वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि बार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै साना व्यवसायीको कर तिर्ने लागत घटाउन प्रत्येक महिना मूल्य अभिवृद्धि कर सम्बन्धी जानकारी पेस गर्नु पर्ने व्यवस्था हटाउने घोषणा गरेका हुन् । उनले उक्त व्यवस्थाले प्रत्येक महिनाको २५ गतेसम्म मूल्य अभिवृद्धि कर सम्बन्धी विवरण बुझाउने व्यवस्था अन्त्य भएको बताउनु भयो। सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । अघि हाल हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो । कर सहभागिता लागत र समय घटाई साना करदातालाई सुविधा दिने व्यवस्था सरकारले ल्याएको छ । वैदेशिक रोगजारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ ।

यसअघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो । ३२ इन्चभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो। अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *