ढुंगागिट्टी भारत पठाउने र देशै डुबाउने गरी बजेट आयो : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले प्रश्तुत गरेको बजेट चुरे दोहन गर्ने किसिमको रहेकाले समर्थन गर्न नसकिने बताएका छन् ।
उनले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा मल खादको प्रत्याभुति नगरिएको बताए । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा उपयुक्त नहुने बताए । सार्वजनिक संस्थाहरु कसरी चलाउने भन्ने विषय राम्रोसँग नआएको बताए ।
‘यो बजेट चुरे दोहन गर्ने, महाभारत बगाउने र देशै डुबाउने खालको छ,’ उनले भने, ‘यसको हामी बिरोध गर्छौं, मल खादको प्रत्याभुति गरिएको छैन । सूचना प्रविधिमा विदेशी पुँजी ल्याउने कुरा राम्रो छैन, पूँजीसँगै विदेशी सेना आउनेछ । सार्वजनिक संस्थाहरु कसरी चलाउने राम्रोसँग आएको छैन । शिक्षा १२ कक्षासम्म निःशुल्कको कुरा आएकै छैन, विश्वविद्यालय शिक्षा निःशुल्कको कुरा छैन, उपत्यकाको खानेपानीको समस्या समाधानको कुरा छैन ।’
सांसद सुवालले शिक्षा १२ कक्षासम्म निःशुल्क गर्ने कुरा आउन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *