व्युँतायो सांसद विकास कोष, ८ अर्व २५ करोड विनियोजन
२०८० जेठ १५ गते

काठमाडौँ । सरकारले सांसद विकास कोषका लागि ८ अर्व २५ करोड विनियोजन गरेको छ ।
सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि एक सांसद बराबर ५ करोड रकम विनियोजन गरेको हो ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको जानकारी दिए ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए ।
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








