सरकारले आगामी वर्ष नयाँ सवारी नकिन्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने घोषणा गरेका छन् ।

यस्तै, संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड ।

र   स्थानीय तहलाई ८७ अर्ब  ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =