पूर्वराजालाई मुख्यमन्त्रीको चेतावनी- गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएको छन् । पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउँदा बोलेको अभिव्यक्तिप्रति संकेत गर्दै मुख्यमन्त्री शर्माले गणतन्त्रमाथि धावा बोल्नेहरूलाई डाँडा कटाउनुपर्ने चेतावनी दिएका छन् ।

१६ औँ गणतन्त्र दिवसका अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरू एक ठाउँमा हुने गरेको बताए । उनले भने, देशमा आइपर्ने संकटमा देशका राजनीतिक दलहरू एक ठाउँमा हुने गरेका छन् । यो व्यवस्था दशकौँ लामा संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस् ।’ उनले जनतालाई भ्रमित पार्ने काम कसैले गर्न नहुने बताए ।

मुख्यमन्त्री शर्माले भने, ‘विभिन्न कारण अहिलेको व्यवस्थाप्रति प्रश्न उठाउने कामहरू भइरहेको छ । म भन्न चाहन्छु गणतन्त्रको विकल्प राजतन्त्र होइन, समाजवाद हुनसक्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *