यहाँ राजा होइन राजनीतिक दलबाटै खतरा : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् ।

राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको कोइरालाको भनाई थियो । उनले भने, ‘राजाका गतिविधि हुने बित्तिकै गणतन्त्र खतरामा पर्ने भयो भनेर भन्छौँ तर उनीबाट होइन, यदि गणतन्त्र खतरामा कसैबाट छ भने राजनीतिक दलहरूबाटै छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनले बताए । नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्ताले निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *