रेशम चौधरी रिहा हुँदा ‘विजयोत्सव’को झल्को दिने स्वागत (तस्बिरहरू)

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन् । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन् ।

उनी ६ वर्षअघि जेल परेका थिए । उनको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित सयौँ नेता कार्यकर्ता, शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

उनको रिहाइमा नेतारकार्यकर्ताले खुसीयाली मनाइरहेका छन् । उनका स्वागत देख्दा ठूलै विजयोत्सव जस्तो देखिन्छ ।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाए । समग्रमा गणतन्त्र दिवसका अवसरमा आज राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *