कोशी प्रदेशमा प्रहरी र प्रदर्शनकारीबीच मुठभेड (तस्बिरसहित)

काठमाडौँ । कोशी प्रदेशमा प्रहरी र पहिचानवादी प्रदर्शनकारीबीच झडप भएकाे छ । प्रदर्शनकारीले प्रदेशले चढ्ने सरकारी गाडीसहित दर्जन बढी मोटरसाइकल फोडिदिएका छन् । यता प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ ।

कोशी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि बसेको छ । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न त्यहाँ जाने क्रममा २३ जनालाई बिहान प्रहरीले पक्राउ गरेको थियो ।

शनिबारेदेखि नै प्रदेश सभा सचिवालय आसपास, जिल्ला प्रशासन कार्यालय आसपास र मुख्यमन्त्री कार्यालय तथा निवासको ३०० मिटर आसपासलाई निषेधित क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *