नक्कली भुटानी शरणार्थी प्रकरणमा शान्ति समाजको आन्दोलन (तस्बिरहरू)
२०८० जेठ १४ गते

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाही गर’ भन्दै आन्दोलन गरेका छन् ।
उनीहरूले जेठ १४ गते दिउँसो १ बजे सिंहदरबार दक्षिण ढोका अगाडि आयोजित धर्नासहित प्रदर्शन गरेका हुन् । धर्नासहितकाे उक्त विराेध प्रदर्शनमा सत्र जना प्रदर्शनकारी निषेधित क्षेत्रमा आन्दोलन गर्दा पक्राउ परेका हुन् ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औँ गणतन्त्र दिवसको पूर्व सन्ध्यामा, नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कारबाही गर, तीन तहको सरकार, सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरूप आचरण गर भन्ने आह्वानसहित आन्दोलन गरेका छन् ।


२०८० जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








