जेठ १४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ १३, २०८० । ई.सं. २७ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । आइतबार ज्येष्ठ शुक्लपक्ष । तिथि अष्टमी ०७:३८ बजेसम्म, त्यसपछी नवमी । नक्षत्र पूर्वफाल्गुनी ००:२८ बजेसम्म, त्यसपछी उत्तरफाल्गुनी । योग हर्षण १९:२१ बजेसम्म, त्यसपछी वज्र । करण वव ०७:३८ बजेसम्म, त्यसपछी वालव २०:२९ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि सिंह । आनन्दादि योग छत्र । दिनमान ३४।१० १३:४० । सूर्योदय ५:१२ । सूर्यास्त १८:५२ । अष्टमी व्रत, गोरखकाली पूजा, वायुअष्टमी । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|१२|१|५९ । चन्द्र ४|१६|५३|४९ । मंगल ३|८|५२|५७ । बुध ०|१८|४८|२० । बृहस्पति ०|८|१०|५२ । शुक्र २|२७|३३|५५ । शनि १०|१०|३|२० । राहु ०|७|३१|४८ । क्रान्ति उ २१|२४ । वेलान्तर (-)२:१० ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा दिनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त सँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतः सचेत रहनु उचित होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बोलेको कुरा पुर्‍याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईंको आलोचना हुनेछ, तर जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =