जलहरीको तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौँ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका हुन् ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उनले बताए । तर कुनै निकायबाट पनि सो काम नहुँदा विवाद निरूपण नभएको उनले बताए । मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको दाबी उनको छ ।

अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धान जारी रहेको बताए । जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उनले बताए । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *