सुर्खेतबाट पूर्वराजा ज्ञानेन्द्रको आव्हान, ‘राष्ट्रको निम्ति एकसाथ अघि बढौँ’

सुर्खेत । नागरिक अभिनन्दनको लागि सुर्खेत आएका पूर्वराजा ज्ञानेन्द्र शाहले अब देशका लागि के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ ? सोच्ने बेला भएको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै उनले राष्ट्रका निमित्त एकसाथ अघि बढ्न आव्हान पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भने, “आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो। हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै यस्तै आवाज सुन्छु। त्यसैले अब कसरी जाने?, के कस्तो विधि व्यवस्था अंगाल्ने? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ। राष्ट्रवाद फस्टाउनलाई राष्ट्र प्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौँ, मिलौँ। हामी सबै मिलौँ। त्यसैले हामी भन्दछौँ, जुटौँ। हामी सबै एक भएर जुटौँ। त्यसैले हामी भन्दछौँ, हामी नफुटौँ। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ। त्यसैले फेरि पनि भन्छौँ, जुटौँ, खटौँ र डटौँ ।

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढौँ। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एक पटक धन्यवाद, जय नेपाल ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *