घण्टी अराजकताको संकेत हो, मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन : झलनाथ खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका छन् ।

उनले आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरूले देशको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गरे ।

खनाल भन्छन्, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका सङ्केतहरू हुन् । देशमा आउँदै गरेको अराजकताका । यो देशका जुन ठूला मेजर पार्टीहरू हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, खेलेकै हुन् तर उनीहरूले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सकेनन् । त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो । नयाँ भिजनका साथ दशेलाई अघि बढाउनुपर्छ ।’

त्यस्तै, पूर्व प्रधानमन्त्री खनालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए । उनले पूर्व राजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उहाँले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताए ।

उनी भन्छन्, ‘हाम्रा पूर्व राजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दै छन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *