नक्कली शरणार्थी प्रकरण : अदालतमा बयान चलिरहँदा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा संलग्न अर्की अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार अनुसन्धान अघि बढेदेखि फरार रहेकी अभियुक्त लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो।

महर्जनलाई पक्राउ गरेपछि आजै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको काठमाडौँ प्रहरी परिसरका एसपी सिताराम रिजालले जानकारी दिए ।

अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको उनले बताए ।

अब महर्जनको पनि अदालतमै बयान अघि बढ्ने भएको छ । उनी सँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार नै अदालतमा मुद्दा दर्ता गरिसकेको छ । भने, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

अझै पनि १४ जना फरार सूचीमा छन् । उनीहरुविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *