एमालेको अवरोधपछि स्थगित प्रतिनिधिसभा बैठक ३ बजे बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेपछि शुक्रबार दिउसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको बैठक ३ बजे बस्ने भएको छ ।

सङ्घीय सांसदका महासचिव भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका छन् ।

आजको बैठकमा नेकपा एमालेको अवरोध गरेपछि अवरुद्ध संसद् बैठक खुलाउन सभामुख देवराज घिमिरेले संसदमा रहेका मुख्य चार दलका प्रमुख सचेतक र सचेतकसँग संयुक्त छलफल गरेका थिए ।

आज सांसदहरूले उठाएको सरकारको नीति तथा कार्यक्रममाथि जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *