प्रेमकुमार राईको स्पष्टीकरण- मेरो कुनै संलग्नता छैन

काठमाडौँ । शरणार्थी प्रकरणका आरोपितको बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका केही व्यक्तिसहित तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख प्रेमकुमार राईको पनि नाम मुछिएको छ । अख्तियार प्रमुख आयुक्त राईको गाडीमा तीन करोड रुपैयाँ राखिदिएको बयान आरोपितले दिएका छन् ।

तर, प्रहरीले यसतर्फ कुनै अनुसन्धान नै गरेन । तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालयका केही व्यक्ति र राईमाथि पनि नैतिक प्रश्न उब्जिएको छ । तर, राई भने प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्नुहुन्छ ।

आफू कुनै पनि हालतमा संलग्न नभएको केसमा जबरजस्ती नाम जोडिएकाले कुनै नैतिक प्रश्न नउठ्ने उहाँको तर्क छ । ‘मैले केही नगरेको, नजानेको, नबुझेको, र नबोलेको मान्छेमाथि कसरी नैतिक प्रश्न आउँछ ?’  उहाँ भन्नुहुन्छ, ‘कुनै पनि बिचौलियाले केके बोले ? किन बाहिर ल्याइयो मैले जान्ने कुरा भएन । हचुवाका भरमा बिचौलियाले कहिले तीन करोड, कहिले दुई करोड र कहिले एक करोड दिएको भनेको छ । गाडीको डिकीमा राखिदिएको भन्छ रे, अनि डिक्की खुलै हुन्छ ? त्यत्तिकै लगेर कसैले करोड करोड राख्छ ?’ –हिमालय टाइम्सबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *