जेठ ११ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. जेठ ११, २०८० । ई.सं. २६ मे २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व ।  पिङ्गल उत्तरायण ग्रीष्म । बिहीबार ज्येष्ठ शुक्लपक्ष । तिथि षष्ठी ०३:४३ बजेसम्म, त्यसपछी सप्तमी । नक्षत्र तिष्य १६:५७ बजेसम्म, त्यसपछी अश्लेषा । योग वृद्धि १७:३८ बजेसम्म, त्यसपछी ध्रुव । करण कौलव १४:४२ बजेसम्म, त्यसपछी तैतिल ०३:४३ बजेसम्म, त्यसपछी गर । चन्द्रराशि कर्कट । आनन्दादि योग शुभ । दिनमान ३४।०४ १३:३७ । सूर्योदय ५:१३ । सूर्यास्त १८:५० । कुमारषष्ठी, सिथिनख , भ.पु.चण्डी–भगवती यात्रा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १|९|९|५३ । चन्द्र ३|१०|४६|२६ । मंगल ३|७|८|२० । बुध ०|१५|८|४३ । बृहस्पति ०|८|२९|४४ । शुक्र २|२४|३५|३३ । शनि १०|९|५७|२३ । राहु ०|७|४१|२१ । क्रान्ति उ २०|५३ । वेलान्तर (-)२:२७ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त सँग मनमुटाव बढ्ला । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होला, तर शेयर बजारको लगानी राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र पछि सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । श्रद्धा र भक्ति भाव पनि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समान हराउन सक्नेछ । आज बन्नु पर्ने काममा व्यवधान आउन सक्छ, तर साँझमा शुभकार्यको चर्चा चल्नेछ र आफन्तको सहानुभूति मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । आफन्तसँग भेटघाट पनि रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । वैदेशिक काम भने राम्रै होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *