मधेश सरकारमा कांग्रेस र नेकपा एस सहभागी हुँदै, लोसपा अनिश्चित

जनकपुरधाम ‌। मधेस सरकारमा आज नेपाली कांग्रेस र नेकपा एस सहभागी हुने भएको छ । तत्काल कांग्रेसले दुई र नेकपा एसले एक मन्त्रालय पाएको हो ।

कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री र कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।

स्रोतका अनुसार नेकपा एसका संसदीय दलका नेता गोबिन्द न्यौपाने कृषि मन्त्रालय पाएका छन् । कृषिमन्त्री सम्हालेका जनमत पार्टीका बसन्त कुशवाहालाई विनाविभागियको जिम्मेवारी तोक्ने स्रोतले जनायो ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसोका लागि तय भएको बुझिएको छ । मन्त्रालय नटुंगिएकाले तत्काल लोसपा सरकारमा सहभागी हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *