नक्कली भुटानी शरणार्थी प्रकरण

आरजु र मञ्जुलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रदर्शन (तस्बिरसहित)

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलामा भेला भई विद्यार्थी संगठनका नेताहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भए पनि अहिलेसम्म १६ जना भन्दा अरूलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाए । उनले यस प्रकरणमा मुछिएका ठुला नेताहरू डा. आरजु राणा देउवा र मञ्जु खाँणलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गर्नुपर्ने बताए ।

उनले तत्कालीन सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

‘भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको छ,’ उनले भने, ‘तर अहिलेसम्म १६ जना मात्रै गिरफ्तार भएका छन्, पूर्व
गृहमन्त्रीदेखि पूर्व उर्जामन्त्रीदेखि, सचिवहरूलाई पक्राउ गरी अनुसन्धानमा राखिएको छ । तर यो सरकार यो संकटको समाधान गर्न गम्भीर देखिँदैन, यो कुरा विगतका घटनाले पनि पुष्टि गर्छ, चाहे त्यो लाउडा काण्ड होस्, ललित निवास प्रकरण, ३३ किलो सुन, ओम्नी प्रकरण जुनसुकै घटनामा पनि यी समग्र प्रकरणको राज्य व्यवस्थाले हल गरेको छैन ।’

सरकारले यो संकटको हल गर्न नचाहेकाे पनि उनले बताए ।

‘यो राज्य व्यवस्था, गृह मन्त्रालय, गृहमन्त्रीले के गर्छन् आज पुष्टि भएको छ,’ उनले भने, ‘जखदवदलयिनीहरूले सङ्गठित अपराध, मानव तस्कर र राष्ट्रघातक गर्दछन् । मानव तस्करीहरूलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ । तर यो सरकार यसो गर्ने पक्षमा देखिएको छैन । यहाँ अरू पनि दोषी ठहरिन्छन् , उनीहरूलाई कारबाही गरियोस् । आरजु राणा देउवा र मञ्जु खाँणलाई प्रहरीले तत्काल गिरफ्तार गरोस् ।’

प्रदर्शनमा उत्रिएका विद्यार्थी सङ्गठनकर्मीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, मानव तस्कर गर्ने अपराधीहरूलाई तत्काल कारबाही गर्, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

तस्बिरहरु:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *