नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो ।

सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *