मिटरब्याज सम्बन्धी उजुरी गर्न पुनः सात दिनको म्याद थप

जनकपुरधाम । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरुलाई उजुरी गर्न पुनः ७ दिनको म्याद थप गरेको छ।

आयोगले आज सूचना जारी गरेर ०८० जेठ ८ देखि १४ गतेसम्म अन्तिम पटक थपिएको ७ दिनभित्र उजुरी दर्ता गराउन अनुरोध गरेको हो ।

धेरै पीडित उजुरी गर्नबाट बञ्चित भएको गुनासोपछि आयोगले सात दिन म्याद थप गरेको छ ।

पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सीधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यबस्था गरिएको छ ।

उजुरीका लागि सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फारम निशुल्क उपलब्ध हुँदै आएको आयोगले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *