सन्दीपको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता मागियो

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता मागिएकाे छ ।

जबरजस्ती करणीको मुद्दा परेका क्रिकेटर लामिछानेविरुद्धकाे मुद्दामा आज अन्तिम सुनुवाइ हुने भनिएको भएपनि हुन सकेन ।

आजको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो ।

सो इजलासले जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरी गौशाला २६ को जन्मदर्ताको सक्कल फाइल मगाएको छ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको थियाे ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन । सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *