बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै हेर्न थालियो : महालेखापरीक्षक शर्मा

काठमाडौँ । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन् ।

आईतवार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनैपनि निकायले बेरुजु फस्र्यौट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रुपमा लिन लागिएको भन्दै गुनासो गरे ।

उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फस्र्यौटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए । उनले बेरुजु फस्र्यौटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए ।

उनले एकै वर्षमा फस्र्यौट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए । महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरुलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरुलाई नैतिक,वैधाननिक र व्यवहारिक रुपमा पनि नदिने बताए । उनले लेखापरीक्षकहरुले अहिलेसम्म त्यस्तो काम नगरेको बताए । उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्याे भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए ।

उनले भने ‘जनताको जनमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरु बद्मास हुन्छन् भनेर लेखापरीक्षकले पछाडि दिमागमा राख्ने काम गर्दैन । नैतिक,वैधाननिक र व्यवहारिक रुपमा नहुनुपर्ने हो । स्थानीय तहमा गएर मेरो लेखापरीक्षकले यस्तो गर्याे भनेर राजनीतिक तहले बढवा दिनु हुनुहुँदैन । त्यो निषेध गर्ने हो । त्यस्तो छ भने सम्बन्धित स्थानमा भन्नुपर्छ । बेरुजु फस्र्यौटको वैज्ञानिक उपाए भनेको मुलुकको कानून अनुसार एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नुपर्छ भनेको छ । होइन भने अर्को वर्ष परीक्षण गर्दा खर्च भएको हुनुपर्छ । बेरुजु फस्र्यौट गर्ने विषय प्राथमिकता पर्दैन । अहिले बेरुजु भनेको अडिटरले निकाल्ने काम मात्रै हो । भनेको जस्तो भएको छ । राजनीतिक नियुक्तका विषयमा तुलना गरौं । बेरुजु बढी राख्ने,अनियमितता गर्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गरौं । सबैभन्दा बढी सार्वजनिक निकायहरुमा राजनीतिक नियुक्त हुने गरेको छ । त्यस्तोमा नियुक्त गर्दा विगतका कार्यसम्पादनको आधारमा नियुक्त गर्नुपर्छ ।’

उनले सार्वजनिक संस्थानहरुमा राजनीतिक नियुक्तहरु गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नियुक्तहरुमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरुलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *