स्वास्थ्य चौकीमा आगलागी

काठमाडौँ । गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी भएको छ । जिल्लाको गोरखाको शहीद लखन गाउँपालिका-७ को बुंकोट स्वास्थ्य चौकीमा बिहान आगलागी भएको हो ।

आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनकाअनुसार स्टोरको औषधि, अक्सिजन कन्सलटेटरलगायतका सामाग्री पनि आगलागीले क्षति पुर्‍याएको छ ।

आगलागीले ५० लाखभन्दा बढी भएको क्षति भएको छ र के के सामाग्रीमा क्षति पुग्यो भन्ने विवरण संकलन भइरहेको छ । बिहान करिब साढे ४ बजे विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बुंकोट पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *