कर्णाली प्रदेशको बजेट अधिवेशन जेठ १० गतेदेखि

सुर्खेत । जेठ १० गतेदेखि कर्णाली प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजे बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेको हो ।

अधिवेशनमा सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । यसअघि १७ वैशाखमा प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *