देउखुरीमा बस जुध्दा एक जनाको मृत्यु, दर्जनबढी घाइते

काठमाडौँ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । देउखुरीमा बिहान दुई बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी रोल्पा रुन्टीगढी-७ निवासी ४३ वर्षीया शोभा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् ।

लमहीबाट भालुवाङतर्फ आउँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

भालुवाङतर्फ आउँदै गरेको बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । घाइते ११ जनाको अवस्था गम्भीर रहेपछि नेपालगञ्जलगायतका स्थानमा थप उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *