अछामका लागि छुटेको बस नालीमा पुग्यो…

धनगढी । डोटीमा बस दुर्घटना भएको छ । पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो ।

ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो । रातीको समयमा ब्रेक फेल हुँदा ड्राईभरले सडकको भित्तामा बसलाई ठोकेर यात्रुहरुको ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

चालकदलसहित ४२ जना यात्रु सवार बस दुर्घटनामा ड्राइभरसहित एक महिलालाई सामान्य चोट लाग्दा अरु कुनै मानविय क्षति नभएको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *